सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा कति नेपाली होलान्?



number-of-facebook-account-nepalबिश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल (Social Network) फेसबुकमा नेपाली प्रयोगकर्ताको संख्या १३ लाख पुगेको छ| औपचारिक रुपमा फेसबुकको आफ्नो प्रोफाइलमा देशको नाम नेपाल राख्ने प्रयोगकर्ताको आधारमा यो संख्या निर्त्योल गरिएको हो| यो संख्या १३ लाख भन्दा अझै धेरै हुन सक्छ किनभने नेपाली मुलका विदेशमा बसोबास गर्ने सबैले आफ्नो देशको नाम नेपाल नभईकन हालको देशको नाम राखेको हुन सक्छन, अनि कतिपये नेपालीले आफ्नो देशको नाम नै नराखेको पनि हुन सक्छ|

nepal-facebook-statisticsफेसबुक बिगत ३ बर्ष देखि निरन्तर नेपालको सबैभन्दा धेरै हेरिने वेबसाइट भएको छ| नेपाल धेरै फेसबुक प्रयोगकर्ता भएको सुचिमा ६९ औ स्थानमा छ|  धेरै नेपालीले फेसबुक चलाउदा इन्टरनेटको प्रमुख व्याण्डविडथ विदेशिएको भन्दै नेपाल टेलेकमले महिनौ अगाडी आफ्नै सामाजिक सञ्जाल चौतारी पनि घोषणा गरेको थियो तर यो अझै सार्बजनिक भएको छैन| फेसबुककै युसरबेसको आधारमा थुप्रै नेपाली (सामाजिक सञ्जाल) वेबसाइटहरु आएका छन्, सक्रीय उपस्थिति भने न्युन रहेको छ|

फेसबुकमा सबैभन्दा बढि रुचाईएको (Likes) नेपाली व्यापारिक पेज चाहिँ “एस ट्राभल्स” (Ace Travels) को रहेको छ, जसको लगत्तै मोबाइल अपरेटर एन सेल (Ncell) हो| चेकफेसबुक डट कम का अनुसार नेपालको सम्पूर्ण अनलाईन जनसंख्याले फेसबुक चलाउछ |

nepal-online-populationयसैगरी ट्वीटर, बिश्वकै दोस्रो ठुलो अर्को सामाजिक सञ्जाल, का नेपाली प्रयोगकर्ता भने १३ हजार+ रहेको अनुमान छ| फेसबुकको जस्तो प्रयोगकर्ताको लोकेसन (ठाउँ) को आधारमा यो संख्या निर्त्योल गर्न भने साह्रै गार्हो छ| अलेक्सा (Alexa – इन्टरनेटको अनौपचारिक सूचना दिने सेवा) का अनुसार ट्वीटर नेपालको सबैभन्दा धेरै हेरिने १०औ वेबसाइट हो|

२०११को सुरुवात देखि कान्तिपुरको हेल्लो शुक्रबारमा छानिएका  ट्वीट्स (जसलाई फेसबुकमा स्टाटस भनिन्छ)  छाप्न सुरु गरे देखिन नेपाली ट्वीटररको संख्यामा उल्लेखनीय वृद्धि भएको हो| फेसबुक जस्तै सजिलो नमानिने हुदा खाता खोली तेसै छोडीदै गर्दा ट्वीटरमा निष्क्रिय नेपाली प्रयोगकर्ताको संख्या बढ्दो छ|

स्रोत: फेसबुक प्रेस (12,96,600 प्रयोगकर्ता), ट्वीटर स्टाटिसटिक्स, अलेक्सा कन्ट्री रिपोर्ट, checkfacebook.com

Also read: Top websites in Nepal (updated monthly)

Email Newsletter

Get new articles delivered to your email address!