बिश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल (Social Network) फेसबुकमा नेपाली प्रयोगकर्ताको संख्या १३ लाख पुगेको छ| औपचारिक रुपमा फेसबुकको आफ्नो प्रोफाइलमा देशको नाम नेपाल राख्ने प्रयोगकर्ताको आधारमा यो संख्या निर्त्योल गरिएको हो| यो संख्या १३ लाख भन्दा अझै धेरै हुन सक्छ किनभने नेपाली मुलका विदेशमा बसोबास गर्ने सबैले आफ्नो देशको नाम नेपाल नभईकन हालको देशको नाम राखेको हुन सक्छन, अनि कतिपये नेपालीले आफ्नो देशको नाम नै नराखेको पनि हुन सक्छ|




