इन्टरनेट कम्पनी गूगलले आफ्नो बहुप्रतीक्षित ‘स्मार्ट ग्लासेज’ र ‘स्मार्ट चस्मा’ भर्खर मात्रै बजारमा सार्वजनिक गरेको छ | गूगल ग्लासेज तेस्तो स्मार्ट ग्लास हो जुनबाट एउटा कुनै मानिसले स्मार्ट फोनको जसरी नै टेक्स्ट म्यासेज, भिडियो कल, ट्रांस्लेशन, गूगल म्याप आदि जस्ता काम गर्न सक्दछ | अजै यो स्मार्ट चस्मामा तपाईले मोबाइलमा छोएर काम गराएको जस्तो नभईकन बोलेर पनि काम गराउन सकिने बिशेसता रहेको छ |
गूगल चस्माको प्रयोगले कुनै एक ठाउँबाट अर्को ठाउँ सम्मको नक्सा र दुरी पनि हेर्न सकिन्छ जुन निश्चय नै तपाईको यात्राको साथी हुन् सक्दछ | त्यसका साथै तपाई गूगल चस्मा प्रयोग गरेर एउटा रमाइलो भिडियो पनि बनाउन सक्नुहुन्छ | गूगल चस्मामा रहेको OK GLASS भन्ने विशेसताको प्रयोग गरि तपाई आफ्नो आवाजबाटनै फोटो खिच्न(take a picture) र भिडियो रेकर्ड (start recording) गर्न पनि सक्नुहुन्छ | तेसरी बोलेर नै फेरी म्यासेज पनि टाइप गराऊन सक्नुहुन्छ | गूगल ग्लासबाट हेरीएको कुनैपनि कुरालाई ट्रांस्लेट गर्न सकिन्छ र त्यसैगरी आफ्नो साथीले बोलेको आवाजलाई पनि ट्रांस्लेट गर्न सकिन्छ | यो यन्त्रमा स्काइप भिडियो च्याट (Skype Video Chat) साथै मौसम जानकारी बताउने सुविधा पनि रहेको छ |
येसरी गूगलले समार्ट चस्मा बाट गरिएका बिभिन्न प्रयोगहरुको नमुना युटयुबमा राखेको छ |
[youtube]http://www.youtube.com/watch?v=v1uyQZNg2vE[/youtube]
सायद येन्द्रोइड (Android) गूगल नजिकको भएको भएर होला गूगल ग्लास येन्द्रोइड सिस्टम संग सजिलै मिल्न र चल्न सक्छ र हालै मात्र पाईएको समाचार आनुसार गूगल ग्लास अप्पल (Apple)को iOS सिस्टम संग पनि मिलेर चल्ने भएको छ |
हामी गूगलले स्मार्ट ग्लासमा ल्याउने थप नया प्रयोगहरुको सूचना गरिनै रहने छौ | Team TechSansar लाई हजारौ नेपालीहरुले साथ दिनुभएको छ | तपाई पनि हाम्रो काम रुचाउनु हुन्छ भने हामी संग facebook मा साथी बन्न सक्नु हुन्छ | TechSansar On Facebook