अब घरमै बसीबसी मासु किन्न सकिने भएको छ काठमाण्डौंमा| यस्तो अवसर हामीलाई पहिला देखिनै ठूलठूला डिपार्टमेन्टल स्टोरले दिने गरे पनि, अचानो डट कमले मासु व्यापारकै लागी भनेर डेडीकेटेड वेबसाइट बनाएर नेपालमा सूचना प्रबिधिको प्रयोगात्मकता झल्काएको छ|
Achano.com (वा achanomeat.com.np) नेपालको पहिलो अनलाईन मासुपसल अचानो मिटल्याण्डको आधिकारिक वेबसाइट हो| जुम्ला नामक वेब सफ्टवेयरमा बनाईएको यो वेबसाइट अझै विकाशकै क्रममा भएपनि हाललाई फोनबाट अर्डर लिन सकिन्छ|
हाललाई काठमाडौँको कपनस्थित कम्पनीको बिक्रीस्थल छ भने भबिस्यमा उपत्यकामा अन्य शाखा विस्तार गरिने कुरा अचानो मिटल्याण्ड प्रा. लि बताउछ| सामुदायिक पशु विकास आयोजनाको सहकार्यमा संचालन भएको एस अनलाईन मासु पसलको वेबसाइटका अनुसार निकट भबिस्यमा ग्राहकले सिसिटिभी (CCTV) बाट तथा प्रत्यक्ष उपभोक्ताले बधशालाको अवलोकन गर्न सक्नेछन्|
यदी तपाई ट्विटरमा हुनुहुन्छ भने @Die4gooner लाई फलो गर्नुस, र १०% बिशेष छुट प्राप्त गर्नुस|
Image source: Nepal’s first online meat shop – achanomeat.com.np by @Aakarpost
Nepal Digital Budget 2082/83: AI, Startups, 5G, and the Tech Roadmap Ahead
Exciting times for Nepal’s IT sector — from AI innovation to telcos and tech start-ups. Here’s everything we’ve captured from...