• Login
  • Register
Saturday, July 18, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

नेपालमा दूरसञ्चारको वर्तमान अवस्था – कार्तिक २०७२

ts by ts
November 17, 2015
in Tech News, Telecom
A A
0
Market share of data internet in Nepal Nov 2015

Market share of data internet in Nepal Nov 2015

Related Post

Understanding the TikTok Ban in Nepal: Context, Implications, and the Global Digital Landscape #TikTokBanNepal

Apply now for the $25,000 UNESCO Prize for Your Education Technology Solution

Daraz announces the biggest sale of the year – Up to 80% off, mega vouchers up to 11,111 & more

Great! Nagarik App now supports Vehicle Tax and Bluebook Info #NagarikApp

दूरसञ्चार सेवामा एक महिनामा मोबाइल प्रयोगकर्ता करिब २ लाख ४३ हजार थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तमा निकालेको एमआईएस प्रतिवेदनअनुसार गत असार महिनासम्म २ करोड ६४ लाख २० हजार ६ सय ४५ का हातमा मोबाइल थिए । साउनको अन्तिमसम्म आइपुग्दा यो संख्या बढेर २ करोड ६६ लाख ६३ हजार ६ सय ५ पुगेको छ । तथ्यांकअनुसार अब दूरसञ्चार सेवामा मोबाइल प्रत्येक नेपालीको हातमा छ । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १ सय ६० प्रतिशतभन्दा बढी घनत्व हुँदा त्यसलाई ९० प्रतिशत मानिन्छ । प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार दूरसञ्चार सेवामा ९४ प्रतिशत बजार मोबाइलको हिस्सामा छ ।

  • तथ्यांकअनुसार अब दूरसञ्चार सेवामा मोबाइल प्रत्येक नेपालीको हातमा
  • दूरसञ्चार सेवामा ९४ प्रतिशत बजार मोबाइलको हिस्सा
  • दूरसञ्चार घनत्व (teledensity) ९० प्रतिशत
  • इन्टरनेट डाटा घनत्व (Internet penetration density) ४४ दशमलव ११ प्रतिशत
  • इन्टरनेट सेवा प्रदायक (ISP) सङ्ख्या २३ 
    Telecom Tower in Nepal
    Telecom Tower in Nepal

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले बजारमा बिक्री गरेको सिमका आधारमा दूरसञ्चार सेवाको पहुँच कति पुग्यो, प्रतिवेदनमा देखाउँछ । त्यस्तै ल्यान्डलाइन ग्राहकको संख्या ७ सयले वृद्धि भएको छ । असारसम्म ८ लाख ४५ हजार ग्राहक रहेकामा साउनमा ८ लाख ४५ हजार ७ सय नाघेको छ ।
जनसंख्याका आधारमा अहिले मात्र ३ दशमलव १९ प्रतिशतले ल्यान्डलाइन सेवा प्रयोग गरिरहेका छन् । दूरसञ्चार सेवाअन्र्तगत सेवा लिने ग्राहक वृद्धिमा नेपाल टेलिकमले एक वर्ष (२०७१ भदौ देखि २०७२ साउनसम्म) मा १७ लाख ३७ हजार ९ सय ५७ (मोबाइल र ल्यान्डलाइन गरी) थप ग्राहक पाएको छ । त्यस्तै एनसेलका ग्राहक संख्या ९ लाख ७४ हजार ४ सयले बढेका छन् । नेपाल स्याटेलाइटको सेवा लिनेहरू २ लाख १६ हजार ४ सय ६३ ले वृद्धि भएको प्रतिवेदनमा छ ।

Market share of telephony services in Nepal Nov 2015
Market share of telephony services in Nepal Nov 2015
स्मार्ट टेलिकमका ग्राहक १ लाख ५७ हजार २ सय ६२ र यूटीएलबाट दूरसञ्चार सेवा लिनेहरू १६ हजार १ सय २६ ले बढेका छन् । पाँच कम्पनीले आफ्नो सेवा विस्तार गर्दै गर्दा अर्को कम्पनी एसटीएम टेलिकम सञ्चारले भने १ सय ग्राहक गुमाएको छ ।
गुणस्तर र सेवा क्षेत्रलाई विस्तार गर्न नसक्दा ग्राहकको विश्वास गुमेको प्राधिकरणले जनाएको छ । त्यस्तै, इन्टरनेट डाटा घनत्व ४४ दशमलव ११ प्रतिशत पुगेको छ । प्रतिवेदनअनुसार २०७१ को भदौमा इन्टरनेट पहुँच (जनसंख्याका आधारमा) ३४ प्रतिशत थियो । एक वर्ष (भदौ २०१७ देखि साउन २०७२ सम्म) मा इन्टरनेट चलाउनेहरू १० दशमलव ११ प्रतिशत बढेको प्रतिवेदनले देखाएको छ ।
Market share of data internet in Nepal Nov 2015
Market share of data internet in Nepal Nov 2015
त्यस्तै‘एनसेलअन्र्तगत जीपीआरएस, ईडीजीई (जीपीआरएसभन्दा द्रुत गतिको सेवा) र थ्रीजीबाट चलाउन मिल्ने डब्लूसीडीएमए इन्टरनेट सेवा सञ्चालन गर्नेको संख्या ४७ लाख ८६ हजारभन्दा बढी छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘त्यस्तै नेपाल टेलिकमबाट यी सेवा लिनेको संख्या करिब ६३ लाख ११ हजार ७ सय, सीडीएमए इन्टरनेट प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय र १३ हजार ५ सयले वाइम्याक्स इन्टरनेट चलाइरहेका छन् ।’ यस आधारमा इन्टरनेट घनत्वमा टेलिकमको हिस्सा ५६ दशमलव ६१ प्रतिशत र एनसेलको इन्टरनेट सेवाको बजार हिस्सा ४० दशमलव ९५ प्रतिशत रहेको छ । यूटीएलबाट ६२ हजार सीडीएमए, ईभीडीओ इन्टरनेट र स्मार्ट टेलिकमबाट जीपीआरएस, ईडीजीई र डब्लूसीडीएमए इन्टरनेट चलाउनेहरू ९२ हजार ६ सयभन्दा बढी छन् ।
इन्टरनेटका लागि सेवा प्रदायकले डायलअप, वायरलेस अप्टिकल मोडेम, केबल मोडेम, एडीएसएल, भिस्याटमा आधारित इन्टरनेट सेवासमेत दिने भएपछि ठूलो हिस्सा जीपीआरएस/ईडीजीई र सीडीएमएको प्रयोगकर्ता सबैभन्दा बढी छन् । मुख्य ६ दूरसञ्चार सेवा प्रदायकबाहेक प्राधिकरणले इन्टरनेट सेवा प्रदान गर्नका लागि २३ कम्पनीलाई अनुमति दिएको छ ।
स्रोत: कान्तिपुर दैनिक, मंसिर १, २०७२

Tags: BroadbandISPNcellNepal TelecomNTANTC
Share212Tweet133Send
Previous Post

नेपालको सूचना प्रविधि कार्यान्वयनमा समन्वय अभाव

Next Post

YouTube Offline is now available in Nepal – how to use offline YouTube feature.

Related Posts

TikTok ban in Nepal over issues of social harmony
Social Networking

Understanding the TikTok Ban in Nepal: Context, Implications, and the Global Digital Landscape #TikTokBanNepal

In a significant move reflecting the complex interplay of technology, security, and social values, the government of Nepal decided on...

by tsGeek
July 24, 2024
Technology in Education Illustration
Tech News

Apply now for the $25,000 UNESCO Prize for Your Education Technology Solution

If you have an education technology solution that uses digital technology to improve education and provide equal access to quality...

by tsGeek
July 24, 2024

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal