• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

नयाँ ब्लग पोस्ट गरेपछि गर्नैपर्ने कुराहरु – Things to do after new blog post

ts by ts
June 5, 2012
in Social Networking, Tutorials
A A
0
Blog promotion checklist diagram

Blog promotion checklist diagram

हामी मध्ये धेरैले ब्लगलाई आफ्नो अभिव्यक्ति प्रकट गर्ने माध्यमको रुपमा हेर्दै आएका छौ| यो कुरामा तपाईं सहमत हुनुहुन्छ भने आफ्नो ब्लग पोस्ट धेरै भन्दा धेरैले हेरुन/पढुन भन्ने पक्कै लाग्ला| तपाई मेहेनतका साथ अनुसन्धान गरेर ब्लगको लागी लेख तयार पार्नुहुन्छ र त्यसको  फलस्वरूप आफ्नो लेख धेरै भन्दा धेरै पाठकको सामु पुगोस, धेरैले पढुन र अफ्नो ब्लग धेरैले हेरुन् भन्ने चाहाना सबैमा हुन्छ | तपाईको उत्कृस्ट लेख, रचनाहरुमा पनि पाठक को ध्यान नजान सक्छ | यथार्थमा भन्ने हो भने तपाईको ब्लग पोस्टको बारेमा तपाईलाई र तपाईको ब्लगको RSS Subscribers लाई मात्र थाहा हुन्छ र केहि समय पस्चात सर्च इन्जिनमा तपाईको लेखसंग मेल खान जाने अरु लेखहरुको भिडमा अन्त तिर हराउन सक्छ अनि गूगल ले महिनौ सम्म पनि फेला न पार्न सक्छ | यी यावत कुराहरुबाट बन्चित रहन र ब्लग पोस्ट गरी सकेपछी अफ्नो रचनाहरु धेरै भन्दा धेरै पाठक सामु कसरी पुराउन सकिन्छ भन्ने कुरामा ध्यान दिन र त्यही  अनुसार प्लान बनाउन जरुरि छ |

Blog promotion checklist diagram
Blog promotion checklist diagram

सामान्यतय ब्लग पोस्ट गरिसके पछी अफ्नो लेखलाई कसरी र कुन माध्यम द्वारा धेरै भन्दा धेरै पाठक सामु पुराउन सकिन्छ (Things to do after a new blog post) भन्ने बारेमा यो लेख मार्फत केहि जानकारी दिन खोजेका छौं – सुझाव, सल्लाह एवम् छलफल को आश गर्दछौ |

१. SEO / Keyword Integration

तपाईले राम्रो लेख तयार पार्नु भा’को छ अनि त्यसमा हल्का keyword search र integration मा काम गर्नु भयो भने तपाइको लेखले सर्च इन्जिनमा राम्रो स्थान हासिल गर्न अनि ब्लग ट्राफिक बढाउनमा ठुलो मद्दत गर्दछ | त्यसका लागी अफ्नो लेखमा सरसर्ती हेर्नुहोस् अनि सर्च इन्जिनमा सर्च हुने खल्ला शब्दहरु संकलन गर्नुहोस् र ति शब्दहरुलाई तपाइले आफ्नो ब्लग को पोस्ट टाइटल (Post Title), मेटा डिसक्रिप्शन (Meta Description) र ट्याग (Tags) मा प्रग्योग गर्नुहोस् | (Even though meta descriptions and meta tags are no more used by Search engines like Bing and Google, they are still useful in third party apps integrations, let’s say generating link description in a Facebook post of your blog.) – SEO Guide to Nepalese Bloggers – नेपाली ब्लगरहरुलाई SEO सम्बन्धि सुझावहरु

२. Shorten your blog post’s URL

यो स्टेप प्राय ट्विटर को लागी प्रयोग हुन्छ | यदी तपाई आफुले सामाजिक संजालमा राखेका कुराहरु कत्तिको प्रभावकारी छ र कतिले हेर्छन् भनेर जान्न चाहानुहुन्छ भने यो तरिका निकै प्रभावकारी छ | यसका लागी तपाइले विभिन्न URL छोट्याउने प्रक्रिया अपनाउन सक्नुहुन्छ | यसका लागी तपाइले विभिन्न एप्लिकेसन पाउनु हुनेछ जस्तै bit.ly, ow.ly, goo.gl | केहि समय अगाडी हामीले पब्लिश गरेको यो लेख (How to track emails and links) पढ्नुहोस |

३. Status Updates

सायद यो चाहिँ हामी मध्य धेरैले नयाँ ब्लग पोस्ट गरेपछि १ नम्बरमै गर्छौ होला| तपाईंलाई यो स्टेप निकै सरल लाग्न सक्दछ तर यो त्यती  सरल भने छैन | तपाइले ब्लग पोस्टको शीर्षक का साथै छोट्टाईयको लिंक आफ्नो स्टाटसमा राख्नु हुन्छ तर त्यसले तपाइले अपेक्षा गरे जति क्लिक्स अथवा ट्राफिक तपाइको ब्लगमा नआउन सक्छ | जब तपाइले अफ्नो ब्लगको नया कन्टेन्ट स्टाटस को रुपमा राख्नु हुन्छ, त्यती बेला सो स्टाटस तर्फ ध्यान जाने अनलाइन हुने  तपाईका फल्लोवोर्स/साथीहरुको प्रतिसत न्युन हुन सक्छ | यो प्रतिसत बढाउनको लागी तपाइले एउटै कन्टेन्ट लाई विभिन्न शीर्षक राखी छुट्टा छुट्टै समयमा अपडेट गर्दा राम्रो अनि निकै प्रभावकारी हुन जान्छ | एउटै शीर्षक राखेर अपडेट गर्दा ट्विटर ले सपोर्ट न गर्न सक्छ | तपाइले अपडेटहरुलाई सेडुल गर्नको लागी विभिन्न टूल्स को प्रयोग पनि गर्न सक्नुहुनेछ|

४. Feed Syndication

धेरैले सुनेको तर प्रयोग नगरेको सुबिधा RSS Feed ब्लग को एक अत्यन्त महत्पूर्ण र शक्तिसाली संयन्त्र मध्य पर्दछ | RSS Feed ले तपाइको ब्लगको कन्टेन्टलाई विभिन्न ठाउँमा वा भनौ विभिन्न सामाजिक संजालमा आफ्सेआफ (automatically) फिड गर्दछ जसले तपाइको समयको बचत गर्दछ | अथवा अर्को अर्थमा भन्नु पर्दा, जब तपाइले RSS Feed URL तपाइको सामाजिक संजाल संग लिंक गर्नु हुन्छ त्यसपस्छात जब तपाईले अफ्नो ब्लग मा केहि पोस्ट गर्नु भयो भने RSS Feed ले आफ्सेआफ तपाइको कन्टेन्ट ति साइटहरुमा (Push) धकेलिदिन्छ | तपाई यो बारम्बार सेटिंग गरी रहनु पनि  पर्दैन, एक पटक सेटिंग गरे पुग्छ जसले तपाईको समयको राम्रो बचत गर्दछ | RSS Feed प्रयोग गरेर तपाईं ब्लगको लेखहरु अध्यावधि पनि गर्न सक्नु हुन्छ| तपाईं आफ्नो ब्लग पोस्टको full feed publish गर्नुस वा अलिकति, रोजाई तपाइकै| Subscribe to TechSansar’s RSS feed powered by Feedburner: http://feeds.feedburner.com/techsansar

५. Content teaser

यदी तपाईंको रचनाहरु कुनै समुदायका (community) लागी महत्वपुर्ण र सान्दर्भिक छन् भने प्राय: सामाजिक संजाल साइटहरु (Social Networking Sites) र अनलाइन फोरमहरुले (Online Forums) नि:शुल्क  कन्टेन्ट प्रबर्द्धनको सुबिधा प्रधान गरेका हुन्छन| उदाहरणका लागी- फेसबुक समुह (Facebook Groups), लिंकेड समुह फोरम (LinkedIn Group Forum) | फोरम पोस्ट शीर्षक का लागी आकर्षक शीर्षक अथवा प्रश्न तयार पार्नुहोस् अनि आफ्नो केहि विचार र छोट्याईयको लिंक (Shortened URL) समाबेस गर्नुहोस् र पाठक संग प्रतिक्रिया र सुझाब माग्नुहोस् अनि छलफललाई अगाडी बढाउनुहोस | तर स्पाम चाहिँ नगर्नुस|

Related Post

Understanding the TikTok Ban in Nepal: Context, Implications, and the Global Digital Landscape #TikTokBanNepal

How to reduce background noise during Microsoft Teams or Zoom meetings

Remove add-in services from Outlook, LeadBoxer as an example

Fix for “Sorry, another account from your organization is already signed in on this computer.”

६. Social Bookmarking

चर्चित सामाजिक बुक्मार्किंग साइटहरु (Social Bookmarking Sites) [जस्तै – Stumbleupon, Digg, Delicious आदि] तपाइको ब्लग को लागी राम्रो ट्राफिक सोर्स साबित हुन सक्छन् | यदी तपाइले बुक्मार्किंग साइटहरुमा राखेका तपाईका लेख रचनाहरु कसैले बुक्मार्किंग गर्यो भने तपाइको रचनाले राम्रो  एक्सपोजर पाउन सक्छ जसले तपाइको ब्लगम राम्रो ट्राफिक भित्र्याउन मद्दत गर्दछ | याद गर्नुस मौलिक (Originality) र रोचक (Interesting) लेखहरुले मात्र पाठकको ध्यान पाउछन् |

७. Interest based-blog peer commenting

तपाई अरुको ब्लग कत्तिको पढ्नु हुन्छ? अरु को ब्लग कन्टेन्ट हेरी सोहि अनुरुप त्यस बिषयमा आफ्नो विचार समाबेश गरी कमेन्ट गर्नु भयो भने त्यहाँबाट  पनि तपाइको ब्लगमा केहि ट्राफिक आउन सक्छ | तपाइले आफ्नो ब्लग मा नया लेख पोस्ट गरी सके पछी अफ्नो लेख संग मेल खाने खालका अरु कुनैले लेखेका पोस्ट खोज्नु होस् अनि त्यसमा समाबेश गर्न छुटाइएका कुराहरु आफ्नो ब्लग पोस्टमा छन् भने सो कुरा समाबेश गरी आफ्नो विचारहरु जेनुइन र नन-प्रमोसनल तरिकाले अफ्नो पोस्टको ब्याकलिंक (backlink) राखी कमेन्ट गर्नुहोस् | पुनश्चः स्पाम चाहिँ नगर्नुस|

८. Blogging relationship – Ask other bloggers to mention your post

ब्लगर साथीहरु बिच राम्रो सम्बन्धको बिकाश गर्नुहोस् | साथी ब्लगर लाई अफ्नो ब्लगको कन्टेन्टको लिंक वा ब्लगको लिंक उसको ब्लग पोस्टमा वा ब्लग मा राख्न लगाउनुहोस र आफुले पनि साथी ब्लगर को ब्लग कन्टेन्ट वा ब्लग लिंक आफ्नो ब्लगमा समाबेश गर्नुहोस् | यसो गर्नाले तपाइको लेख रचना र ब्लग धेरै भन्दा धेरै सामु पुग्दछ र साथसाथै सर्च इन्जिनमा तपाईमाथि आउनु हुनेछ र ब्लग ट्राफिक पनि बढ्नेछ | (Caution: If you think you are a professional blogger and worry about Google’s page rank of your blog, then be careful when linking back to pages with lower PRs. However, this could be avoided for genuine works and rel tag with friends.)

९. Email Signature & Newsletter

इमेल सिग्नेचर (Email Signature) अर्को एउटा राम्रो उपाए हो जस्मा तपाइले अफ्नो अन्तिम ब्लग पोस्टको शीर्षक लाई इमेल सिग्नेचर को रुपमा प्रग्योग गर्न सक्नु हुन्छ | विभिन्न इमेल सुबिधा प्रदान गर्ने साइटहरुको आफ्नो apps हुन्छ  (like: Wisestamp for Gmail) जसले तपाइको अन्तिम ब्लग पोस्टको शिर्षक लाई आफ्सेआफ इमेल सिग्नेचर को रुपमा राखी दिन्छ | तपाइले यसलाई म्यनुअल्ली (Manually) पनि सेटिंग गर्न सक्नु हुन्छ | यसो गर्दा तपाइले कसैलाई वा कुनै कम्पनी लाई इमेल पठाउदा सिग्नेचर पनि जाने हुँदा कुनैको ध्यान तपाइको ब्लग पोस्ट को शीर्षक पर्न सक्छ जसले तपाइलाई फाइदा हुन सक्छ |

तपाईले कुनै ब्लग पोस्ट तयार पार्नु भाको छ र तपाइलाई सो ब्लग पोस्ट कुनै कस्टमर वा कम्यूनिटी लाई फाइदा होला जस्तो लाग्छ भने सो पोस्ट को लिंक छोट्याएर एउटा सानो नोट (जस्तै “मेरो बिचारमा यसले तपाइको बिजनेसलाई फाइदा पुराउन सक्छ”) सहित इमेल गर्नुहोस् र बेला बेला मा तपाइले पठाएको कुरा क्लिक भयो कि नाइँ भनेर यानलाईटिक्स (Analytics) चेक गर्नुहोस् | यसलाई न्युजलेटरमा समाबेस गर्नुस, आफ्नो सम्भावित भिजिटरहरु सँग सेयर गर्नुस (share your blog post with potential target customers and blogger friends) |

Listen to others before speaking out – बोल्नु पुर्वक सुन्नुस| सधै एकोहोरो तरिकाले एउटै विषयमा लेख लेख्दा रोचकता कति हुन्छ भनेर विचार गर्नुस  – यो ट्विटरमा सधै एउटै कुरा सेयर गरे जस्तै हो|

सुरु  सुरुमा तपाईलाई गार्हो लाग्ने र धेरै समयले खाने जस्तो लाग्न सक्छ | विभिन्न साइटहरुको इन्टरफेस फरक फरक हुने हुँदा तपाइलाई यो काम झन्झट लाग्न सक्छ | बिस्तारै बिस्तारै तपाईलाई बानि पर्दै जान्छ र समय पनि कम खर्च हुदै जान्छ | यदी तपाई आफ्नो ब्लग र आफ्ना रचनाहरु धेरै भन्दा धेरै को सामु पुगोस् धेरैले हेरिदियोस र पढीदियोस भन्ने चाहानुहुन्छ भन्ने यी यावत कुराहरु गर्न जरुरी छ |

Credits: The image and some contents taken from Content Marketing Institute.

Tags: BloggingCommunityComputingWebsiteswordpress
Share212Tweet133Send
Previous Post

3 months FREE internet from Broadlink [offer]

Next Post

App Store launches in Nepal along with 31 other countries

Related Posts

TikTok ban in Nepal over issues of social harmony
Social Networking

Understanding the TikTok Ban in Nepal: Context, Implications, and the Global Digital Landscape #TikTokBanNepal

In a significant move reflecting the complex interplay of technology, security, and social values, the government of Nepal decided on...

by tsGeek
July 24, 2024
Reduce background noise during Microsoft Teams or Zoom meetings
How To

How to reduce background noise during Microsoft Teams or Zoom meetings

In this tutorial, we present how to reduce external noise from your microphone during Microsoft Teams and Zoom sessions. We...

by TechSansar Editor
May 20, 2021

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal