TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Wellness
      • Lifestyle
      • Culture
      • Tech
      • Sport
No Result
View All Result
TechSansar.com

वार्षिकोत्सवको अवसरमा टेलिकमका विभिन्न सेवामा छुट-Various anniversary discount offers on Nepal Telecom Services

12 years ago
in Telecom
Reading Time: 1 min read
A A
0

Related Post

Why You Shouldn’t Abandon Your Business Number

Ncell brings offers as Axiata successfully completes acquisition: Discounted roaming & Cash back offers

List of major toll free numbers (advanced free phone) in Nepal

Nepal's sluggish ICT Progress, ranks 136 in ICT Development Index 2015

नेपाल टेलिकमले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन्। उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु २०० मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, जिएसएम र सिडिएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन समय (१० : ०६) सेवाको महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म प्रतिकल ३० पैसा कायम गरिएको, अस्टे्रलिया र बेलायतमा १४२४ मार्फत हुने कल सेवामा करबाहेक प्रतिमिनेट रु १२ रहेकामा आजदेखि फागुन ३० गतेसम्म रु चार कायम रहेको, त्यसैगरी, वाइम्याक्स प्रविधिबाट प्रदान गरिदै आएको टाडा प्याकेजमा १० जिबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सुरु गरेको चौथो पुस्ता 4G को वाइम्याक्स सेवा ७५ जिल्लाका सबै गाविसमा वितरण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ।
बिनातार (वायरलेस)को यो प्रविधि हाल काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, रामेछाप, चितवन, पोखरा, भैरहवा, बुटवल र पाल्पा र आजदेखि विराटनगर, इटहरी, धरान, विर्तामोड, धुलाबारी, भद्रपुर र हेटौडामा सुरु भएको छ।
युवापुस्ताबीच यो सेवा अत्यन्त लोकप्रिय मानिएको छ। नेपाल टेलिकमको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सो जानकारी दिँदै द्रुत गतिको इन्टरनेट सेवासमेत उपलब्ध हुने आइपी सिडिएमए सेवालाई आगामी एक महिनाभित्र मुलुकका सम्पूर्ण सहरमा सञ्चालन गर्ने र एक वर्ष छ महिनाभित्र मुलुकका सबै गाविसमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।
नौ वर्षअगाडि कम्पनीको कुल नाफा रु. तीन अर्ब १३ करोड २२ लाख रहेकामा चालु आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा रु. ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ।
त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा सरकारलाई रु. १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने प्रक्षेपण गरेको छ। कम्पनीको विभिन्न सेवामा हाल ८४ लाख ग्राहक पुगिसकेका छन्। प्रतिफल प्राप्त हुने सुगम क्षेत्रमा मात्र आफ्ना सेवा विस्तार नगरी कम्पनीले ग्रामीण तथा अति दुर्गम क्षेत्रमा समेत विभिन्न प्रविधिमार्फत फिक्स लाइन, मोबाइल, द्रुतगतिको इन्टरनेट सेवा पुर्‍याएको छ।
प्रबन्ध निर्देशक सिंहले प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सरकारको ऐननियममा बाँधिनु पर्दा समस्या आइरहेको, कम्पनीलाई रणनीतिक साझेदारीको अवधारणाअनुरुप सञ्चालन गर्न ल्याइएको नीति अर्थमन्त्रालयमा थन्किरहेकाले अप्ठ्यारो परिरहेको बताए।
उनले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार क्षेत्रको पहुँच पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।
ट्रान्समिसन प्रणालीको विस्तार स्तरोन्नति तथा गुणस्तर क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका अतिरिक्त वैकल्पिक सूचना मार्ग निर्माण गर्न ७५ जिल्लामा अप्टिकल फाइबर केबुल पुर्‍याउने कार्य भइरहेको उनले जानकारी दिए। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कम्पनी अगाडि बढाउन मन्त्रालयका तर्फबाट सम्पूर्ण सहयोग हुने जानकारी दिँदै कम्पनीले सामाजिक दायित्वलाई नबिर्सन आग्रहसमेत गरे।
उनले अर्थतन्त्रलाई टेवा पुर्‍याइराखेको कम्पनीका सेवालाई अझ चुस्त एवम् सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा मन्त्री यादवले कम्पनीद्वारा प्रकाशित स्मारिकाको विमोचन एवम् बीस वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान पनि गर्नुभएको थियो।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माले सेवाग्राहीका चाहना र आवश्यकतालाई ध्यान दिई दूरसञ्चारका क्षेत्रमा आएका थप नवीनतम प्रविधिलाई सेवाग्राहीसमक्ष पुर्‍याउन आग्रह गरे।
-रासस

Tags: ADSLGSMNepal TelecomSMSTech NewsWiMAX
Share212Tweet133Send

Related Posts

Business telephony
Telecom

Why You Shouldn’t Abandon Your Business Number

If you are a business owner, then you already know that  business is all about delivering what your customers want....

by tsGeek
July 24, 2024
Axiata confirms Ncell takeover
Tech News

Ncell brings offers as Axiata successfully completes acquisition: Discounted roaming & Cash back offers

Despite all those tax related issues, Nepal's largest mobile operator by subscriber volume Ncell has been successfully acquired by Axiata,...

by ts
April 13, 2016

Recent News

Highlights of Nepal Digital Budget 2082-83

Nepal Digital Budget 2082/83: AI, Startups, 5G, and the Tech Roadmap Ahead

May 30, 2025
Screenshot from a desktop computer showing existing services offered by Nagarik App; image by TechSansar.com

Nagarik App Integrates National Identity Card: A Leap Towards Comprehensive E-Governance

January 24, 2025
All .np domain owners are required to reverify their domain names.

The Great Reverification: What Nepal’s .np Domain Owners Need to Know

January 5, 2025
Microsoft Forms Sync Update

Microsoft Forms Sync Update: Adapting to Microsoft’s New Approach for Excel Integration

January 3, 2025
Free PDFTools
Free PDFTools

Nice one!

Categories

  • Applications
  • Computing
  • Culture
  • Entertainment
  • Environment
  • Event
  • Featured
  • How To
  • Internetworking
  • Lifestyle
  • Nepali IT
  • News
  • Social Networking
  • Software
  • Sport
  • Tech
  • Tech News
  • Telecom
  • Travel
  • Uncategorized
  • Wellness
  • News
  • Lifestyle
  • Entertainment
  • Tech
  • Sport
  • Culture
  • Wellness
  • Event
  • Travel
  • Environment

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home
  • Shop peripherals
  • Buy softwares
  • Top websites
  • Contact us

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS in Singapore and uses this beautiful WordPress theme. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal