• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

वार्षिकोत्सवको अवसरमा टेलिकमका विभिन्न सेवामा छुट-Various anniversary discount offers on Nepal Telecom Services

ts by ts
February 4, 2013
in Telecom
A A
0

Related Post

What is VoLTE & how to activate VoLTE for Nepal Telecom mobile SIM

Why You Shouldn’t Abandon Your Business Number

Nepal Telecom launches 4.5G VoLTE in 32 more cities

4G LTE in Nepal: Everything you need to know about NTC and Ncell 4G.

नेपाल टेलिकमले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन्। उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु २०० मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, जिएसएम र सिडिएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन समय (१० : ०६) सेवाको महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म प्रतिकल ३० पैसा कायम गरिएको, अस्टे्रलिया र बेलायतमा १४२४ मार्फत हुने कल सेवामा करबाहेक प्रतिमिनेट रु १२ रहेकामा आजदेखि फागुन ३० गतेसम्म रु चार कायम रहेको, त्यसैगरी, वाइम्याक्स प्रविधिबाट प्रदान गरिदै आएको टाडा प्याकेजमा १० जिबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सुरु गरेको चौथो पुस्ता 4G को वाइम्याक्स सेवा ७५ जिल्लाका सबै गाविसमा वितरण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ।
बिनातार (वायरलेस)को यो प्रविधि हाल काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, रामेछाप, चितवन, पोखरा, भैरहवा, बुटवल र पाल्पा र आजदेखि विराटनगर, इटहरी, धरान, विर्तामोड, धुलाबारी, भद्रपुर र हेटौडामा सुरु भएको छ।
युवापुस्ताबीच यो सेवा अत्यन्त लोकप्रिय मानिएको छ। नेपाल टेलिकमको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सो जानकारी दिँदै द्रुत गतिको इन्टरनेट सेवासमेत उपलब्ध हुने आइपी सिडिएमए सेवालाई आगामी एक महिनाभित्र मुलुकका सम्पूर्ण सहरमा सञ्चालन गर्ने र एक वर्ष छ महिनाभित्र मुलुकका सबै गाविसमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।
नौ वर्षअगाडि कम्पनीको कुल नाफा रु. तीन अर्ब १३ करोड २२ लाख रहेकामा चालु आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा रु. ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ।
त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा सरकारलाई रु. १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने प्रक्षेपण गरेको छ। कम्पनीको विभिन्न सेवामा हाल ८४ लाख ग्राहक पुगिसकेका छन्। प्रतिफल प्राप्त हुने सुगम क्षेत्रमा मात्र आफ्ना सेवा विस्तार नगरी कम्पनीले ग्रामीण तथा अति दुर्गम क्षेत्रमा समेत विभिन्न प्रविधिमार्फत फिक्स लाइन, मोबाइल, द्रुतगतिको इन्टरनेट सेवा पुर्‍याएको छ।
प्रबन्ध निर्देशक सिंहले प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सरकारको ऐननियममा बाँधिनु पर्दा समस्या आइरहेको, कम्पनीलाई रणनीतिक साझेदारीको अवधारणाअनुरुप सञ्चालन गर्न ल्याइएको नीति अर्थमन्त्रालयमा थन्किरहेकाले अप्ठ्यारो परिरहेको बताए।
उनले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार क्षेत्रको पहुँच पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।
ट्रान्समिसन प्रणालीको विस्तार स्तरोन्नति तथा गुणस्तर क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका अतिरिक्त वैकल्पिक सूचना मार्ग निर्माण गर्न ७५ जिल्लामा अप्टिकल फाइबर केबुल पुर्‍याउने कार्य भइरहेको उनले जानकारी दिए। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कम्पनी अगाडि बढाउन मन्त्रालयका तर्फबाट सम्पूर्ण सहयोग हुने जानकारी दिँदै कम्पनीले सामाजिक दायित्वलाई नबिर्सन आग्रहसमेत गरे।
उनले अर्थतन्त्रलाई टेवा पुर्‍याइराखेको कम्पनीका सेवालाई अझ चुस्त एवम् सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा मन्त्री यादवले कम्पनीद्वारा प्रकाशित स्मारिकाको विमोचन एवम् बीस वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान पनि गर्नुभएको थियो।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माले सेवाग्राहीका चाहना र आवश्यकतालाई ध्यान दिई दूरसञ्चारका क्षेत्रमा आएका थप नवीनतम प्रविधिलाई सेवाग्राहीसमक्ष पुर्‍याउन आग्रह गरे।
-रासस

Tags: ADSLGSMNepal TelecomSMSTech NewsWiMAX
Share212Tweet133Send
Previous Post

How to install Android 4.1 Jelly Bean on Samsung Galaxy S2 – Tips and Tricks

Next Post

List of Nepali Apps in Google Play Store

Related Posts

How to activate NT 4G VoLTE Service in Nepal
Telecom

What is VoLTE & how to activate VoLTE for Nepal Telecom mobile SIM

VoLTE, in simple terms, refers to Voice over LTE aka 4G cellular network - meaning voice calls are served over...

by TechSansar Editor
May 17, 2021
Business telephony
Telecom

Why You Shouldn’t Abandon Your Business Number

If you are a business owner, then you already know that  business is all about delivering what your customers want....

by tsGeek
July 24, 2024

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal