नेपाल टेलिकमले अन्ततः जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै इन्टरनेट डाटा प्याकेज ल्याएको छ । भदौ १ गतेदेखि लागू हुने गरी टेलिकमले विभिन्न दर रेटका प्याकेज उपलब्ध गराउन लागेको हो । केहि समय अगाडि टेलिकमले पोष्टपेड ग्राहकको लागि इन्टरनेट चलाउने डाटा प्याकेज ल्याएको थियो, त्यो भन्दा अगाडि सी.डी.एम.ए ग्राहकको लागि भोलुम बेस डाटा प्याकेज पनि ल्याएको थियो|
टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको इन्टरनेट प्याकेज ल्याएको छ । ब्रोञ्ज प्याक अन्तर्गत २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध हुने छ । २०० एमबी भन्दा कमको डाटा प्याकेज भने एन.टि.सी ले ल्याएको छैन| हेर्नुस एन.टि.सी. र एनसेलको इन्टरनेट डाटा दरको भिन्नता र समानता प्रिपेडमा डाटा प्याकको लागि|
टेलिकमले आफ्नो 3G Internet को गति 384 Kbps देखी 14.4 Mbps सम्म र एनसेलले आफ्नो 3G Internet को गति 384 Kbps देखी 42 Mbps सम्म भएको आफ्नो वेबसाइटमा जनाएका छन्| (१ जीबी = १०२४ एमबी)
डाटा भोल्यूम |
NT Prepaid | Ncell (Prepaid + Postpaid) | कुन सस्तो/कुन लिने | ||||
---|---|---|---|---|---|---|---|
डाटा गति 384 Kbps देखी 14.4 Mbps सम्म | डाटा गति 384 Kbps देखी 42 Mbps सम्म | ||||||
शुल्क (रूपैयाँमा) | अवधी | प्याकेज किन्ने तरीका (तलको कोड १४१५ मा एसएमएस गर्ने) |
शुल्क (रूपैयाँमा) | अवधी | प्याकेज किन्ने तरीका | ||
२०० एमबी | १३० | १ महिना | DATA200MB | – | – | *१७१२३# डायल गरि निर्देशन अनुरुप गर्नुहोस्। | NTC |
२५० एमबी | – | – | ११० | ७ दिन | Ncell | ||
५०० एमबी | ३०० | DATA500MB | – | – | NTC | ||
१ जीबी | ५०० | DATA1GB | ५५० | १ महिना | NTC | ||
२ जीबी | – | – | – | ८५० | १ महिना | Ncell | |
३ जीबी | १,२९० | २ महिना | DATA3GB | १,१५० | १ महिना | Ncell | |
५ जीबी | १,८०० | ३ महिना | DATA5GB | १,९९९ | ३ महिना | NTC | |
१० जीबी | २,८०० | ६ महिना | DATA10GB | २,९९९ | ३ महिना | NTC |
उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । स्रोत: NTC र Ncell.
इन्टरनेट डाटा प्याक कसरी लिने ?
नेपाल टेलिकम प्रिपेडमा डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै 200MB Data लिनुपरेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ । प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।
एनसेलमा डाटा सुविधा लिनका लागि *१७१२३# डायल गरि निर्देशन अनुरुप आफुले चाहेको डाटा Volume लिन सकिन्छ| प्रयोग गर्न बाँकी रहेको Data Volume वा ब्यालेन्स थाहा पाउन *९०१# अथवा *१०१# गर्नुपर्छ।
[box title=”Also read regarding NTC & Ncell Internet” box_color=”#FFFF66″ title_color=”#6d37ec”]