• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

ल्यापटप ब्याट्रीको आयू बढाउने प्रभावकारी उपायहरू

ts by ts
September 13, 2013
in टिप्सहरु
A A
0
Stop battery draining out to nill

Stop battery draining out to nill

ल्यापटप लिएर टाढाको यात्रा गर्दै हुनुहुन्छ अनि ब्याट्रीले साथ दिन्छ दिन्न भन्ने पिर छ भने तपाई ठिक ठाउँमा आइपुग्नु भएको छ | एउटा साथीले फेसबुकमा म्यासेज गर्दै भने  –

ल्यापटप किनेको २ महिना भएको छैन मेरो ल्यापटपको ब्याट्रीले एक घण्टा पनि टिक्दैन | सायद मैले ल्यापटप चलाउँदा ख्याल गर्न पर्ने केही असल कुराहरूको पालना गरिन जसको कारणले मेरो ल्यापटप ब्याट्रीको आयु घट्न पुग्यो | केहि उपायहरू छन् भने बताऊ |

Battery bar being charged
Battery bar being charged

आज यस लेखमा म तपाइहरूलाई कसरी ल्यापटपको ब्याट्रीको आयु बढाउन सकिन्छ र कसरी ल्यापटपको ब्याट्री धेरै बेर टिकाउन के-के गर्नु पर्दछ भन्ने कुराहरू बताउने छु |

Related Post

No Content Available

ल्यापटप ब्याट्रीको आयु बढाउने प्रभावकारी उपायहरू 

  1. यदि तपाई वाई-फाई मार्फत इन्टरनेटको प्रयोग गरी राख्नु भएको छैन भने, आफ्नो ल्यापटप को वाई-फाई सेवालाई बन्द गर्न सक्नुहुनेछ जसको कारण वाई-फाई चल्न प्रयोग हुने वाई-फाई उपकरणले प्रयोग गर्ने पावर बचत हुनेछ | यसरी वाई-फाई अफ गर्न तपाई आफ्नो ल्यापटपको कीबोर्डको माथिल्लो पट्टि रहेको फन्सन बटनको प्रयोग गर्न सक्नु हुन्छ|
    switch off wifi on battery whenever possible
    switch off wifi on battery whenever possible
  2. विशेष गरेर दुईवटा ग्राफिक्स कार्ड (डिस्प्ले‌‍ ड्राइभर) भएका ल्यापटपहरूमा बत्ती बिना ल्यापटप चलाउँदा डेडीकेटेड ग्राफिक्स कार्डको प्रयोग गर्नाले धेरै ब्याट्री प्रयोग हुने गर्दछ, त्यस कारणले गर्दा यस्तो सेवाहरू बन्द गरेर चलाउदा धेरै बेर सम्म ल्यापटप प्रयोग गर्न सकिन्छ |
  3. ल्यापटपमा गीत र फिल्म नसुनेको र नहेरेको वा ल्यापटपको साऊण्ड प्रयोग नगरिएको समयमा आफ्नो ल्यापटपको इस्पिकर अफ वा मिउट गर्नुहोस् |
  4. दिनको समयमा वा घर बाहिर उज्यालोमा ल्यापटप चलाउँदा ल्यापटपको ब्राइटनेस सेटिंग दोस्रो वा तेस्रो बारमा राखेर चलाउँदा ल्यापटप ब्याट्रीको खपत कम गर्न सकिन्छ |
  5. खास गरेर कीबोर्डमा ब्याकलिट गुण भएका ल्यापटपहरूमा ब्याकलिट अन गरेर चलाउँदा धेरै ब्याट्री प्रयोग हुनेभएकाले, लोड-सेडिङ वा अत्यावश्यक समयमा मात्र अन गरेर चलाउने गर्नु पर्दछ |
    Brightness setting while laptop on battery
    Brightness setting while laptop on battery
  6. ब्याट्रीको प्रयोग गरेर ल्यापटप चलाउँदा ब्लुतुथ सेवा अफ गरेर चलाउन पर्ने हुन्छ जसले गर्दा ब्लुटुथ उपकरणले प्रयोग गर्ने पावर बचत गर्न सकिन्छ |
  7. ल्यापटपको मेकानिज्म अनुसार मेमोरीमा जति डेटा प्रयोगमा रहेको हुन्छ त्यस अनुसार ल्यापटपले ब्याट्रीको खपत गर्ने गर्दछ | यसरी धेरै मेमोरी प्रयोग हुँदा हार्ड ड्राइभको प्रयोग पनि त्यही अनुसार भएको हुन्छ | यी सबै कारणले ल्यापटपको ब्याट्री अधिकतम रूप प्रयोग गरिरहेको हुन्छ | त्यसउसले ल्यापटप ब्याट्रीमा प्रयोग गर्दा आवश्यकता भन्दा बडी प्रोग्राम चलाउने बानी हटाउनु पर्दछ | यदि तपाइको ल्यापटपमा धेरै मेमोरी छ भने, आवश्यक प्रोग्रामहरू अन गरेर राखेको राम्रो हुन्छ, यसले बेला-बेलामा प्रोग्राम खोली राख्दा हार्ड ड्राइभबाट लोड हुँदा प्रयोग हुने मेरोरीलाई न्यून गराऊँछ | होइन भने ब्याक-गराउंड चल्ने प्रोग्रामहरू बन्द गर्नु पर्दछ |
  8. यदि अत्यावश्यक हो भने, माइक्रोसफ्ट वोर्ड मा गर्ने काम अरू कम मेमोरी प्रयोग गर्ने प्रोग्राम गर्न ठिक हुन्छ | नोटप्याड जस्ता टेक्स्ट इिडटरले कम मेमोरी प्रयोग गर्ने गर्दछ |
  9. स्ट्यान्डवाइ मोड तथा स्लिप मोडमा ल्यापटपको हार्ड ड्राइभ र डिस्प्ले निष्क्रिय हुन्छन् तर मेमोरी  सक्रिय नै हुन्छ। यसले ब्याट्रीको खपत गरि नै रहेको हुन्छ। त्यसैले हाइवरनेटको सुविधा उपलब्ध छ भने हाइवरनेसन मोडमा राख्नु उपयुक्त हुन्छ ।
  10. धेरै तात्नाले ब्याट्रीको आयु घटाऊछ त्यसैले, ल्यापटप लाई सधैँ कोटाको तापक्रममा चार्ज गर्नुपर्ने हुन्छ |
    Stop battery draining out to nill
    Stop battery draining out to nill
  11. ब्याट्रीमा ल्यापटप चलाउँदा बाहिरी उपकरणहरू जस्तै पैन-ड्राइभ, एक्ष्टर्नल हार्ड-ड्राइभहरूको प्रयोगले धेरै पावर खपत गर्दछ | त्यसैले यस्ता उपकरणहरू बत्तीमा जोडेर चलाउँदा मात्र प्रयोग गर्नु पर्दछ |
  12. ब्याट्री झिकेर हेर्दा देखिने मेटलको कबरलाई सफा टालोमा थोरै अल्कोहलले भिजाएर सफा गर्नु पर्दछ |
  13. लामो समयसम्म ब्याट्री चार्ज नगर्दा ब्याट्री बिग्रिदै जाने हुनाले, बेला बेलामा ल्यापटपको प्रयोग नगर्दा पनि ल्यापटप चार्ज गर्ने गर्नु पर्दछ, यसो गर्नाले ब्याट्री फ्रेश हुन्छ |
  14. यदि तपाईको डाटाहरू सिडी अथवा डिभिडीमा छ भने, त्यी डाटा ल्यापटपको इन्टरनल ड्राइभमा सेब गरेर राख्नु पर्दछ | यसरी अप्टिकल ड्राइभहरूबाट सिडी र डिभिडी चल्न ल्यापटपले धेरै ब्याट्री प्रयोग गर्ने गर्दछ | यसैगरी लामो यात्रा गर्दा गीत सुन्नको लागी छुट्टै एम.पी.थ्रीको प्रयोग गर्न पर्दछ, ल्यापटप बाट गीतहरू बज्दा हार्ड ड्राइभको बडी प्रयोग भइरहेको हुन्छ अन्त्यत ल्यापटपको ब्याट्री छिटै सकिन्छ |
  15. त्यसै गरि प्रोग्रामहरूमा हुने अटो-सेब फिचरहरू अफ गर्नु पर्दछ | एम-यस्. वोर्ड, एक्ष्-एल, र फोटो-शोप जस्ता प्रोग्रामहरूमा अटो-सेब फिचर बन्द गर्न र सुरु गर्न मिल्छ|
    Battery bar being charged
    Battery bar being charged
  16. ल्यापटपमा भएका पोर्टहरू जस्तै भी.जी.ए., इथरनेट, यू.एस्.बि., अनि वायरलेस पनि अफ गर्नु पर्दछ, जसले धेरै ब्याट्री खपत गर्ने गर्दछ |
  17. ल्यापटप तात्दा धेरै ब्याट्री खपत हुने र ब्याट्री को आयु कम हुँदै जाने भएकोले, ल्यापटप तात्न नदिन बजारमा पाइने कुलिंग फ्यानहरू प्रयोग गर्न सकिन्छ |
  18. ल्यापटपलाई खाट, अनि अरू नरम सतहमा चलाउनु हुँदैन |
  19. ल्यापटप किन्दा ल्यापटप संगै आएको चार्जर नै, आफ्नो ल्यापटप चार्ज गर्न प्रयोग गर्नु पर्दछ |

 केहि टिप्सहरू

  • ब्याट्री पुरा चार्ज भए सम्म चलाउनु होस् र पुरा चार्ज भएपछि पावर छुटाएर चलाउनु होस्, यसो गर्नाले तपाइको ल्यापटपको ब्याट्री लामो समय टिक्ने र राम्रो संग काम गर्ने हुन्छ |
    Fully charged battery indicator
    Fully charged battery indicator
  • ल्यापटप राखेर चलाउने सतह सफा राख्ने गर्नु पर्दछ, त्यसैले कोटामा भएका टेबुल डेस्कहरू बेला बेलामा सफा गरीराख्नु पर्दछ | पछि लामो समयमा ल्यापटप खोलेर सफा गर्न झन्झटिलो हुने भएकाले यो कुरा पहिलेनै याद गर्नु पर्दछ |
  • घर बाट बाहिर ल्यापटप लिएर निस्किदैं हुनुहुन्छ भने पहिले नै पुरा चार्ज गरेर निस्किनु राम्रो हुन्छ |
  • यदि ब्याट्री २०% भन्दा थोरै छ भने ब्रेक लिनुहोस्, नत्र ब्याट्री छिटै बिग्रिने सम्भावना हुन्छ |

सावधानी पुराउन पर्ने कुराहरू

  • यदि तपाई इन्टरनेटमा काम गरिराख्नु भएको छ र ल्यापटपको प्रयोग गर्नु भएको छ भने, कुनै कुरा पनि बन्द नगर्नुहोस्, यसो गर्नु भयो भने तपाइको काम हराउन सक्छ |
  • आफु वर पर नभएको बेलामा ल्यापटप चार्ज गरेर नछोड्नुहोस् |
  • यदि तपाई लामो समय सम्म ल्यापटप प्रयोग गरि राख्नु हुन्छ भने तपाईको ल्यापटप छिटो तात्ने र छिटै ब्याट्री सकिने समस्या देखाउन सक्छ |

यी माथीका उपाय र शुझाबहरुलाई ध्यान दिएर ल्यापटपको प्रयोग गर्नु भयो भने तपाइको ल्यापटपले ब्याट्रीले लामो समय सम्म काम गर्ने छ | अझै केहि छुटेको जस्तो लाग्छ भने तल कम्मेन्ट बक्समा लेखन सक्नु हुन्छ |

Tags: LaptopTutorials
Share212Tweet133Send
Previous Post

Manually Download Windows Update Files & Install in Multiple PCs

Next Post

Things to consider before buying Calling Cards; never get thugged again!

Related Posts

No Content Available

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal