विन्डोज ७ (Windows 7) नेपाली मा कति जनाले चलाउनु भयो त ? अनि कस्तो लग्यो नेपालीमा विन्डोज चलाउन ? अब के तपाई विन्डोज ८ (Windows 8) पनि नेपाली मा चलाउन चाहनुहुन्छ | (If you still hang on with Windows 7, here is the Nepali Language Interface Pack LIP for Windows 7 and how to set it up < Windows 7 Nepali LIP Edition – विन्डोज ७ नेपालीमै चलाउनु होस्)
माइक्रोसफ्टको नयाँ अपरटिंग सिस्टम विन्डोज ८ सबैले मन पराएको अपरेटिंग सिस्टम हो | माइक्रोसफ्टले नयाँ इन्टरफेस भरपूर विन्डोज ८ बजारमा ल्याएको ४ महिना हुन नपाउँदै विन्डोज ८ को लागि नेपाली भाषा इन्टरफेस प्याक (Language Interface Pack) पनि निकालिसकेको छ | टेकसंसारले विन्डोज ८ को बारेमा धेरै कुरा समेटी सकेको छ | हाल सम्म टेकसंसार ले विन्डोज 8 का बारेमा धेरै कुरा समेटिसकेको छ, विन्डोज 8 का विशेषताहरु होस् वा विन्डोज 8 र विन्डोज 7 का भिन्नता नै किन नहोस, हामीले विन्दोव्स 8 का बारेमा लेखेका छौ।
यो नमुनामा हामी तपाइलाई विन्दोव्ज ८ मा नेपाली भाषा कसरी सुचारु गर्ने भन्ने कुरा सिकाउने छौं | कृपया तल दिएको जसरी नै कार्य गर्दै जानुहोला |
- विन्दोव्ज सुरुवातको स्क्रिनमा जानुहोस् |
- Language लेख्नुहोस् अथवा language लेखी खोज्नु होस् |
- Search को Settings मा गई Language उपायमा क्लिक गर्नुहोस् |
- कम्प्युटरले तपाइलाई Control Panel को भाषा सेटिइस्मा लैजाने छ |
- यदी Language Options मा नेपाली भाषा देखाएको छैन भने Add a Language मा क्लिक गर्नुहोस् |
- उपाय पाटीका लाई तल सारी त्यहाँबाट नेपाली छान्नुहोस् |
- अब तपाइको Language Panel मा गैइ नेपालीको छेउमा रहेको Options मा क्लिक गर्नुहोस् |
- नया स्क्रिन मा देखाएको Download and Install Language Interface मा क्लिक गर्नुहोस् र पर्खनुहोस् |
- कम्प्युटरले निर्देशन गरे अनुसार एकपटक Log Off गरि फेरी विन्डोज खोल्नु होस् |
अब तपाई विन्डोज नेपालीमा चलाउन सक्नु हुने छ | तल तपाई नेपाली मा विन्डोज ८ चलाउँदा देखिने स्क्रिन सट्सहरु हेर्न सक्नुहुन्छ |
माथि दिएको कार्य गर्दा केहि कठिनाइ आउन गएमा Team TechSansar लाई Facebook मा सोध्न सक्नु हुन्छ वा यसै पोस्टमा कमेन्ट गर्न सक्नुहुने छ |