“हाम्रो पुलिस” मोवाईल एप्स सार्वजनिक
मिति २०७२ साल अषाढ २० गते आईतवार महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले “हाम्रो पुलिस” मोबाईल एप्स महानगरीय प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्नु भयो।
महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी “हाम्रो पुलिस” नामक मोवाईल एप्स सार्वजनिक गरिएको छ । विगतमा महानगरीय प्रहरीले विभिन्न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्त गर्दै आई रहेकोमा प्रविधिको विकाश सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

“हाम्रो पुलिस” मोवाईल एप्स का विशेषताहरु निम्नानुसार रहेका छन :
१. घट्ना तथा अपराधको सचित्र विवरणको वारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने (हराएका वा फेला परेका व्याक्ति वा सर-सामानको विवरण समेत पठाउन सकिने)।
२. आम नागरिकका जन-गुनासाहरु पठाउन सकिने।
३. Internet Connection नभएको अवस्थामा पनि SMS मार्फत घट्ना तथा अपराधको विवरण पठाउन सकिने ।
४. आफु रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्शा समेत प्राप्त गर्न सकिने ।
५. प्रहरीको काम प्रति सन्तुष्ट भई धन्यवाद दिन चाहेमा प्रहरीलाई धन्यवाद दिन सकिने ।
६.”हाम्रो पुलिस” प्रयोग कर्ताहरुको लागि सुरक्षा तथा प्रहरीसँग सम्वन्धित अन्य गतिविधिको जनचेतनामुलक सूचनाहरु सम्प्रेसण गर्न सकिने ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, Local Interventions Group र Islington College को संयुक्त प्रयासमा र Third Pole Connect Pvt. Ltd को Technical Support मा “हाम्रो पुलिस” मोवाईल एप्स निर्माण भएको हो ।
महानगरीय प्रहरीको मुख्य प्राथमिकतामा रहेको अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने निति अनुरुप उपत्यका भित्रका ३ जिल्लामा पहुँच हुने गरी हाम्रो पुलिस नामक मोवाईल एप्स सार्वजनिक गरिएको उनले बताए ।
विगतमा महानगरीय प्रहरीले विभिन्न माध्यमहरुवाट अपराधिक सूचना, आम नागरिकका गुनासा तथा सुझावहरु प्राप्त गर्दै आई रहेकोमा प्रविधिको विकास सँगसँगै मोवाईल एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।
अरु पनि धेरै बिसेषता रहेको एप एन्ड्रोइड तथा आइओएस दुबैमा उपलब्ध रहेको छ | अहिले काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र यो एप एक्टिभ रहने र केहि समयको तयारी पश्चात देशैभरि विस्तार गरिने बताइएको छ |
हाम्रो पुलिस स्मार्टफोन एप डाउनलोड गर्नुहोस – एन्ड्रोइडमा प्ले स्टोर र आइओएस आइफोन एप स्टोर |
स्रोत: मेट्रो पुलिस वेबसाइट