• Login
  • Register
Saturday, July 18, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

TechSansar Editor by TechSansar Editor
September 22, 2019
in नेपाली टेक संसार
A A
0
Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Related Post

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

नेपाल टेलिकमको GSM Post Paid सेवाको बिलिंग सम्बन्धमा प्राय: सोधिने प्रश्नहरु (Frequently asked questions FAQs on NTC Post paid billing)

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ ।
जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनान (Lisa Honan) को उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।
यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्नेछ ।
परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यसअन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।
यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी (Cisco Networking Academy) र एट्लासियन युनिभर्सिटी (Atlassian University) को सहयोग रहेको छ ।
अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै उत्पादकत्व आबश्यक्तालाई पुरा गर्न सक्षम हुनेछ ।
सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर (IoT Developer), डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिन्छ ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ ।

What is UKaid Skills for employment programme सीप  in Nepal?
What is UKaid Skills for employment programme सीप in Nepal?
यूकेएड सीपसँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भन्नुभयो– “हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जोसँग शिक्षाको प्रमाणपत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन । उद्योग र नेपालको शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने मूल अवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने र यो परियोजना सञ्चालन गर्न लागिएको हो ।”
“जीसीएको अध्यापन विधि आपूर्तिमुखी नभइ मागमुखी रहने छ, जुन निजी क्षेत्रको मागहरूसँग सहकार्य गरेर हासिल गरिनेछ । हामीले कार्यका लागि तयार श्रमशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका शिक्षा, क्लाउड कम्प्युटिङ, सीप विकास र उद्यमशीलता प्रशिक्षणका नेतृत्वदायकहरूसँग सहकार्य गरिरहेका छौैं । हामी सूचना प्रविधिका माध्यमबाट हाम्रा समुदायका महिला र सामाजिक रूपमा बञ्चित समूहरूको सशक्तीकरणमा पनि केन्द्रीत रहेका छौं ।”
यसैगरी, यूकेएड सीपका टिम लिडर बलजीत बोहराले भन्नुभयो, “हामी यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहन्छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भोलिका प्रविधिक जनशक्तिलाई आज प्रशिक्षित तुल्याउनु र उनीहरूलाई लाभदायक रोजगारीमा नियुक्ति सुनिश्चित तुल्याउनु हो ।”
नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यो परियोजनाका माध्यमबाट जेनेस सोलुसनले नेपालका क्याम्पसका विद्यार्थीहरूलाई आवश्यक ज्ञान र सीपयुक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हदसम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्य लिएको छ ।

Tags: Press Release
Share213Tweet133Send
Previous Post

Nepal's first and biggest Artificial Intelligence (AI) Expo 2019

Next Post

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme

Related Posts

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018
NTC 2G 3G Stations in Dhaulagiri in 2018
नेपाली टेक संसार

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपाल टेलिकमले अन्तत: ढिलाई भए पनि धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार गरेको छ| हाल ८० ठाउँबाट...

by TechSansar Editor
June 21, 2018

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal