नेपाल टेलिकमले अन्तत: ढिलाई भए पनि धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार गरेको छ| हाल ८० ठाउँबाट 3G सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । NTC ले ग्राहक गुनासो पछि गत वर्ष २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो त्यो भन्दा पहिले EDGE मा मात्र सेलुलर डाटा चलाउनु पर्थ्यो। सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । 4G विस्तार गर्नु पर्ने समयमा टेलिकमले 3G सेवा बल्ल विस्तार गर्दै छ ।
यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरी सेवा दिइएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । चारै जिल्लामा गरी ११४ स्थानबाट ‘टुजी’ सेवा सञ्चालनमा छ । “डाटाको खपत हेरेर थ्रिजी सेवा थप्ने गरेका छौँ”, इन्जिनियर शर्माले भन्नुभयो ।
टेलिकमले ग्राहकको माग र डाटाको खपत पनि बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाले डाटा र भ्वाइस दुवैमा सुधार आएपछि ग्राहक पनि सन्तुष्ट छन् । ‘थ्रिजी’ नभएको ठाउँमा पनि ‘टुजी’ सुधार गर्दा सेवा प्रभावकारी बनेको इन्जिनियर शर्माको भनाइ छ । इन्टरनेट प्रयोगकर्ताहरुले विगतको भन्दा बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा पाएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताउनुभयो ।

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य
काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...






