• Login
  • Register
Sunday, July 19, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

TechSansar Editor by TechSansar Editor
June 2, 2018
in नेपाली टेक संसार
A A
0
Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk

Correct way of connecting ADSL Internet, Img from ISPReview.co.uk

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपाल टेलिकमको GSM Post Paid सेवाको बिलिंग सम्बन्धमा प्राय: सोधिने प्रश्नहरु (Frequently asked questions FAQs on NTC Post paid billing)

सरकारले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक वर्ष ०७५/७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरूले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।
यसअघि इन्टरनेट सेवा प्रदायकहरूले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान थियो । अघिल्लो वर्ष ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुरलाई पनि बढाएर सरकारले १३ प्रतिशत पुर्‍याएको छ ।
सरकारको निर्णयले इन्टरनेट महँगिने इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानका अध्यक्ष दिलीप अग्रवालले सरकारले तोकेको दूरसञ्चार सेवा दस्तुर सेवा प्रदायकहरूले आफ्ना ग्राहकबाट उठाउने भएकाले इन्टरनेट शुल्क महँगिने बताए । ‘इन्टरनेट अत्यावश्यक सेवा भइसकेको छ । निजी क्षेत्रले देशभर फैलाउन पूर्वाधार बनाइरहेका छन्,’ उनले भने, ‘तर सरकारले भने सेवा दस्तुर थपेर महँगो बनायो ।’ इन्टरनेट सेवा प्रदायकहरूले शुल्क महँगिएपछि सर्वसाधारणले सेवा लिन नसक्ने भन्दै दस्तुर लिने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुन मसान्तसम्मको विवरणअनुसार इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट सेवा लिनेको संख्या ४ लाखको हाराहारीमा छ । यद्यपि दुई ठूला टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका डाटा सेवाका ग्राहक क्रमश: ५६ लाख र ५८ लाख छन् ।
इन्टरनेट सेवा प्रदायकले यसअघि नै ग्रामीण दूरसञ्चार कोष शुल्कबापत आम्दानीको २ प्रतिशत, रोयल्टीबापत आम्दानीको ४ प्रतिशत बुझाउँदै आएका छन् । योबाहेक इन्टरनेट पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने फाइबरमा १५ प्रतिशत, ब्यान्डविथमा १० प्रतिशत र भ्याट १३ प्रतिशत तिर्दै आएको इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् ।
‘इन्टरनेट सेवा प्रदायकले रोयल्टी र अन्य करसहित ४४ प्रतिशत कर सरकारलाई बुझाउँदै आएका छन्,’ अग्रवालले भने, ‘अब यो ५७ प्रतिशत पुगेको छ ।’
यस्ता करका शुल्क अन्त्यमा ग्राहकले नै तिर्ने भएकाले इन्टरनेट महँगिने र सर्वसाधारण यसको पहुँचबाट वञ्चित हुने उनले बताए । इन्टरनेट अत्यावश्यक सेवा भए पनि सरकारले विलासिताको वस्तुमा जस्तो कर लगाएको उनको धारणा छ ।
सरकारले ब्रोडब्यान्ड नीतिमा अन्तर्राष्ट्रिय सञ्जालमा पहुँच वृद्धि गर्ने र प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर नेपालको प्रतिव्यक्ति आयको ५ प्रतिशतमा ल्याउने उल्लेख छ ।

Tags: BroadbandGadgetsInternetNTA
Share213Tweet133Send
Previous Post

Setup Internet Access in MikroTik RouterBoard in 2 minutes (static IP)

Next Post

How to Control a Linear Actuator with Arduino

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal