• Login
  • Register
Saturday, July 18, 2026
Generate QR Codes
Free PDF Tools
Free Web Audit 360
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com
  • Services
  • Top Posts
  • Nepali IT
  • Startups
  • Tech News
  • Categories
    • News
      • Tech
No Result
View All Result
TechSansar.com

फोरजीको पर्खाइमा उपभोक्ता, यस्तो हुन्छ सुविधा 4G को

TechSansar Editor by TechSansar Editor
August 9, 2016
in नेपाली टेक संसार
A A
0
4G LTE in Nepal illustration

4G LTE in Nepal illustration

4G LTE in Nepal illustration
4G LTE in Nepal illustration
कुनै उल्झन आइनपरे केही महिनाभित्रै सहरी क्षेत्रका नेपालीले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) प्रयोग गर्न पाउनेछन् । विगत केही वर्षदेखि चर्चामा रहेको फोरजी सेवाको अनुमति दिन अब कानुनी अन्यौल छैन । नीतिगत अन्यौल हटाउँदै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन पाउने गरि नीति संसोधन गरिसको छ ।
नीति संशोधनलगत्तै नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी चलाउने फ्रिक्वेन्सी माग्दै निवेदन दिइसकेका छन् । फ्रिक्वेन्सी विना टेलिफोन, मोबाइल, इन्टरनेटलागयतका सेवा चलाउन सकिंदैन । त्यसैले फ्रिक्वेन्सी पाउने बित्तिकै उनीहरु फोरजी चलाउने तरखरमा छन् । टेलिकम र एनसेलले अनुमति पाएको दुई महिनाभित्रै राजधानी र अन्य केही सहरमा फोरजी चलाउने घोषणा गरिसकेका छन् ।
दूरसञ्चार कम्पनीहरुले फोरजी सुरु गर्ने घोषणा गरिरहेका बेला धेरै उपभोक्तालाई फोरजी के हो? यसले के फाइदा हुन्छ ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । धेरैले फोरजी सुरु भएपछि उपभोक्ताले कस्तो सेवा सुविधा पाउँछन् भनेर प्रश्न तेस्र्याउन थालेका छन् । कतिपयको बुझाईमा फोरजी आएपछि सस्तोमा उच्च गतिको इन्टरनेट सुविधा पाइन्छ भन्ने छ । यो ब्लगमा फोरजी के हो ? यसबाट उपभोक्तालाई के फाइदा पुग्छ ? र, नेपाली कम्पनीको तयारी के छ ? भन्ने बारे संक्षिप्तमा जानकारी दिइनेछ ।

के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । प्रविधि क्षेत्रमा एकदमै तिव्र अन्वेषण र विकास भइरहेकाले नेपालमा फोरजीको तयारी हुदै गर्दा विकसित मुलुकमा भने यो भन्दा पनि आधुनिक पाँचौ पुस्ता (फाइभ जी) को अन्वेषण सुरु भइसकेको छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ ।
फोरजी अपलिंक र डाउनलिंक गरि दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘ओएफडिएम’ भनिन्छ), समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘टिडिएमए’ भनिन्छ) र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘सिडिएमए’भनिन्छ) प्रणालीमा चल्छ । यसको अर्थ हुन्छ, हामीले अहिले चलाइरहेको नेपाल टेलिकमको नमस्ते वा एनसेलको सिमकार्डमा फोरजी चल्नसक्छ । त्यस्तै टेलिकमकै स्काई सिमकार्डमा समेत कम्पनीले चाहेमा फोरजी चलाउन सक्छ ।
दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीकोरुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।
आइटियूको मापदण्डलाई वेवास्ता गरेपनि फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् ।

उपभोक्तालाई के फाइदा हुन्छ ?

फोरजी सेवा सुरु भएपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने छन् । यसका लागि निश्चय नै थ्रिजीका लागि तिरिरहेको भन्दा बढी खर्च त लाग्ने नै छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिले भन्दा सजिलो गरि भिडियो कल र च्याट गर्न सक्छन् । त्यत्ति मात्र होइन, फोरजीमा इन्टरनेटमा आधारित टेलिफोमा पाइने सेवाहरु पाइने छ । त्यस्तै उच्च गुणस्तरीय भिडियो सहितको मोबाइल टेलिभिजन समेत हेर्न मिल्छ । यसबाट भिडियो कन्फरेन्स गर्न सजिलो हुन्छ । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिन्छ ।
फोरजीका उपभोक्ताले आफ्नो स्मार्टफोनमा यो सेवा सुरु गर्दैमा सबै सुविधा पाउछन् भन्ने भने हुँदैन । स्मार्टफोनको गुणस्तर र त्यसले सर्पोट गर्ने प्रविधिका आधारमा उपभोक्ता पाउने सुविधा खुम्चिन सक्नेछ । धेरै नेपाली उपभोक्ताले स्मार्टफोनका पुराना मोडेल र फिचर्स फोन चलाउने भएकाले फोरजीको सुविधाबाट बन्चित हुनुपर्ने हुनसक्छ । अहिले भने धेरै आयातकर्ताले फोरजी समेत चल्ने मोबाइल सेट भित्र्याउन थालेका छन् । त्यसो त फोरजी चलाउन स्मार्टफोन नै हुनुपर्छ भन्ने छैन । कम्पनीहरुले फोरजी गतिको इन्टरनेट चल्ने गरि डंगोल र मोड्युमहरु समेत बजारमा ल्याउने छन् । त्यसबाट समेत फोरजीको सेवा लिन सकिने छ ।

नेपाली कम्पनीको तयारी

हाल तीनवटा कम्पनीले फोरजी चलाउन चासो देखाउदै निवेदन दिएपनि दुइवटा कम्पनीले मात्र आवश्यक प्राविधिक तयारी गरेको जानकारहरु बताउँछन् । यस्तो तयारी गर्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल छन् । दुवै कम्पनीले राजधानी र केही सहरी क्षेत्रमा फोरजीका लागि समेत उपयुक्त हुने खालका मोबाइल टावर राखिसकेका छन् । उनीहरुले ती टावरहरुलाई सञ्चालन गर्न आवश्यक सफ्टवेयर र केही ‘प्राविधिक कोडिङ’ गरेपछि कम्तिमा राजधानी भित्र सेवा तत्कालै सुरु गर्न सक्नेछन् ।
अनुमतिको पर्खाइमा रहेका दुवै कम्पनीले कस्तो प्याकेज ल्याउने भनेर आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, उनीहरुले व्यवासायीक योजनालाई सार्वजनिक गर्न भने चाहेका छैनन् । अहिलेकै अवस्थाम दुवै कम्पनीले आइटियू मापदण्ड अनुसारकै फोरजी सेवा चलाउने तयारी भने गरेका छैनन् । उनीहरु कम्तिमा भारतकै कम्पनीहको गतिमा इन्टरनेट दिई फोरजी चलाउने तयारी गरिरहेका छन् । अनुमतिकै टुङ्गो नलागेकाले टेलिकम र एनसेल दुवैले मूल्यको टुङ्गो भने लगाइसकेका छैनन् ।

Related Post

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

अन्तत: धवलागिरिमा पनि 3G सहज, ८० ठाउँमा ‘थ्रिजी’ सेवा

नेपालमा इन्टरनेट महँगिने, सरकारले लगायो थप १३ प्रतिशत कर

Tags: 4GLTENTA
Share212Tweet133Send
Previous Post

Government Cloud finally comes to Nepal, Government Data Center to host Government Cloud Facility

Next Post

Ncell rebrands second time, reflects Axiata in logo, domain name & merchandise

Related Posts

Genese Solution Collaborates with UKaid’s Skills for Employment Programme
नेपाली टेक संसार

जेनेस सोलुसन (Genese Solution) द्वारा यूकेएड (UK aid) को रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

काठमाडौं, ५ आश्विन २०७६ | क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको...

by TechSansar Editor
September 22, 2019
७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?
नेपाली टेक संसार

७५ साउन देखि फोन र इन्टरनेट महँगिदै, कति हुँदै छ त नयाँ मूल्य?

आ.व. २०७५/७६ को केन्द्रिय सरकारको बजेट भाषणमा नै उल्लेख भए अनुसार नेपाल सरकारले साउन देखि नै टेलिफोन र इन्टरनेटमा १३...

by TechSansar Editor
July 9, 2018

Recent News

Gen Z Protest Kathmandu 2025

July 4, 2026
The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

The Launch That Moved Syuchatar: YetiCloud.AI and the Night Nepal’s Compute Policy Went Public

July 4, 2026
Illustrating Sovereign AI Compute in Nepal Syuchatar with circuitary

Syuchatar in Regional Context: A Policy Commentary on Sovereign AI Compute

May 31, 2026
Technical explainer on Nepal's announced Sovereign AI Compute Center at Syuchatar. What Budget 2083/84 specified, what it didn't, and the four design questions that decide its outcome.

Nepal’s Sovereign AI Compute Center at Syuchatar: A Technical Explainer

May 30, 2026
Hostinger
  • News
  • Tech
  • Event
Generate free QR Codes with QRSansar

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home page
  • Shop peripherals
  • Buy software
  • Featured articles
  • My account

TechSansar.com, ICT For Media Pvt Ltd, Regd #249079/077/078, VAT #609868175.
By continuing to use this site, you agree to our cookies and privacy policies.
Here is our Do Not Track (DNT) Guide. Hosted on a VPS and uses this free PDF tool. You can also subscribe to our newsletter.
Creating tech contents for the b̶o̶t̶s̶ humans since 2009 • Team TechSansar • ICT4M with ❤ from Nepal